About Us

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित सप्तरी जिल्ला स्थापनाकालदेखि प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित रहेको छ । “सप्त” को अर्थ सात र “तरी” भन्नाले उब्जाउ भूभिको रुपमा सप्तरीको नामाकरण भएको जनश्रुति रहँदै आएको छ । कुल १३६३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला नेपालको २ नं प्रदेश अन्तर्गत पर्ने ८ वटा जिल्लामध्ये पुर्वी भुभागमा अवस्थित रहेको छ । वि.स. १९९८ सालमा राजविराजलाई यस जिल्लाको सदरमुकामको रुपमा चयन गरिएपछि नेपालमा जतिबेला शहर बजारहरु स्थापनाका क्रममा थिए । त्यतिबेला राजविराज उद्योग व्यापारको क्षेत्रमा अग्र स्थानमा रही शहरीकरण भईरहेको थियो । यहाँबाट भारतीय बजारहरु नजिकै पर्ने भएका कारण आयात निर्यातको काम सहज हुने गरेको थियो । सगरमाथा अँचलको सदरमुकाम समेत रहेको राजविराज व्यवसायिक गतिविधिहरुका साथै बाहिरबाट समेत व्यापारीहरु स्थायी तथा अस्थायी रुपमा व्यापार गर्नका लिागि आकर्षित हुँदै गए । राजविराजका साथै जिल्लाका हनुमाननगर, फत्तेपुर, कञ्चनपुर, महुली, रुपनी भारदह, बोदेबर्साइन, बरमझिया, बिरेन्द्रबजार, पातो, कडरबोना, तोपा, कुशाहा, कदमाहा, कल्याणपुुर, बिशनपुर, मानराजा, सखडा, अर्नाहा लगायतका स्थानीय बजारका उद्योगी व्यवसायीको हक हित प्रर्वद्धन तथा संरक्षणका लागि संगठित संस्थाको महसुस गरियो । त्यसै गरी विगतका दिनमा यो जिल्ला अन्य पहाडी तथा हिमाली बजारहरु जस्तै उदयपुर, मुरकुच्ची, वेल्टार, खोटाङ्ग, औखलढुंगा जस्ता वजारहरुको मुख्य व्यापारिक केन्द्रका रुपमा समेत परिचित रहेको थियो । यसरी व्यापरिक क्षेत्रमा फडको मारी रहेको अवस्थामा तत्कालिन स्थापित उद्योगी व्यापारीहरुले संगठित भई आ–आफनो कारोवार गर्ने कुरालाई मध्यनजर गरी विक्रम सम्बत २०१३ सालमा तत्कालिन वरिष्ठ एवं प्रतितिष्ठत उद्योगपति स्व. गोविन्दराम रंङ्गटाको अगुवाईमा व्यापार संघ स्थापना गरियो । 

 संघको संस्थापक अध्यक्षको रुपमा गोविन्द रुंगटाले वि.सं. २०१३ देखि २०२० सम्म कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै व्यापारी व्यवसायीको हक हितका गतिविधिहरुलाई निरन्तर तीब्रता दिए । तत्पश्चात् क्रमशः वि.सं. २०२१ देखि २०२९ सम्म सीताराम कावरा, वि.सं. २०३० देखि २०३५ सम्म झुमरमल मुन्घडा, वि.सं. २०३६ देखि २०४० सम्म धनराज छाजेडले अध्यक्षताको जिम्मेवारी वहन गरे । यसै गरी २०४१ देखि २०४९ साल सम्म सोहनलाल तातेड, वि.सं. २०५० देखि २०५८ साल सम्म निर्मल कुमार सञ्चेती, वि.सं. २०५८ देखि २०६४ साल सम्म मनोज कुमार मुन्घडाको नेतृत्वमा संघले आफ्नो गतिविधिलाई निरन्तरता दियो । वि.सं २०६४ भदौ २७ देखि बालेश्वर प्रसाद साह संघको अध्यक्ष पदमा निर्वाचित भए तर २०६४ मंसिर १९ गते उनको दःखद् निधन भएपछि कार्यसमितिका उपाध्यक्ष श्री श्रीराम कावराले वि.सं. २०६७ साल सम्म अध्यक्षकै जिम्मेवारीमा रहेर काम गरे । वि.सं. २०६७ देखि २०७० सम्म शत्रुधन प्रसाद रौनियार संघको निर्वाचित अध्यक्षको रुपमा कार्यरत रहे । त्यस पश्चात् वि.सं. २०७० फागुन १० गतेबाट हाल सम्म श्री अरुण कुमार प्रधानले अध्यक्षको जिम्मेवारी लिई संघप्रतिको उत्तरदायित्व प्रभावकारी ढंगले निर्वाह गर्दै आउनु भएको छ  । 

संघको प्रभावकारितालाई अनुभव गर्दै आई रहेको अवस्थामा २०५३ सालमा तत्कालिन अध्यक्ष श्री निर्मल कुमार संचेतीले स्थानिय जिल्ला प्रशासन कार्यालयमा सप्तरी उद्योग वाणिज्य संघ नामक संस्था दर्ता गर्न सफल हुनु भयो । त्यसै गरी नेपाल उद्योग वाणिज्य संघ विं. सं. २०४९ सालमा महासंघको रुपमा स्थापित हुंदा यो सप्तरी उद्योग वाणिज्य संघ समेत संस्थागत सदस्यको रुपमा सहयोग गरी संस्थागत सदस्यता प्राप्त गर्न सफल  भएको छ । यस संघले वि.स. २०१३ साल देखिनै यस क्षेत्रमा क्रियाशील उद्योगी एवं व्यवसायीहरुको व्यवसाय प्रबद्र्धन, सामाजिक सुधार, र आम मानिसहरुको सामाजिक चेतनाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सडक, बजार बिस्तार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास, भन्सार कार्यालय, सरकारी कार्यालय र उद्योग स्थापना, लोडसेडिंगको अन्त्य तथा हवाई मैदान सञ्चालनका लागि संघले दवाव एवं स्पष्ट दृष्टिकोणसहित अभिभावकीय भूमिकाको पुष्ट्याई गर्दै आएको छ । त्यसरी नै सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा सप्तरी उद्योग बाणिज्य संघले समय समयमा गर्दै आएको सप्तरी महोत्सव तथा मेलाले सशक्त रुप लिंदा यहाँको उद्योग, व्यापार क्षेत्रमै ठुलो उथलपुथल आयो । त्यसैले कतिपय उद्योगी व्यापारीले यो आरम्भलाई जिल्लाको सर्वाङ्गीण विकासको महत्वपूर्ण सोपान ठानेको छ । विगतमा राजविराज नगरपालिकाले वि.सं. २०५१-६-१९ गते शहरको मुख्य बजार क्षेत्रभित्र उद्योग बाणिज्य संघ स्थापनाका लागि जग्गा प्रदान गरिएको छ ।

 

कार्यसमितिको विवरण

क्र.

पद

नाम

सम्पर्क नं

अध्यक्ष

श्री अरुण कुमार प्रधान

९८४२८२०२०९

उद्योग उपाध्यक्ष

श्री शंकर प्रसाद दास

९८५२८२०३८७

वाणिज्य उपाध्यक्ष

श्री गौरी शंकर प्रसाद साह

९८४२८२१९५२

महासचिव

श्री अनन्तलाल साह

९८५२८२०२८८

सचिव

श्री कैलाश दास

९८४२८३२५४४

कोषाध्यक्ष

मो. गुलामवदी उज्जमा खां

९८६२९३३३३३

सह कोषाध्यक्ष

श्री प्रमोद कुमार कावरा

९८५२८२०४७६

सदस्य

श्री निर्मल कुमार मुन्द्रा

९८४२८२२०७५

सदस्य

श्री सञ्जय कुमार यादव

९८४२८२९३२८

१०

सदस्य

श्री अभिषेक कुमार कावरा

९८५२८२०८४७

११

सदस्य

श्री रमेश कुमार साह

९८५२८२०९०५

१२

सदस्य

श्री संजय कुमार दास

९८५२८२०८९२

१३

सदस्य

श्री सन्तोष भगत

९८४२८१००३३

१४

महिला सदस्य

श्री गीता कोइराला

९८०४७२६७००

१५

सदस्य

श्री धर्मलाल यादव

९८०४७७८१३३

१६

सदस्य

श्री बिरेन्द्र कुमार चौधरी

९८४२९१०७१८

१७

सदस्य

श्री रन्जेश्वर प्रसाद सिंह चौधरी

९८४२८२१०२१

१८

महिला सदस्य

श्री अम्बिका दाहाल

९८४२८२०२०४

 

सप्तरी उद्योग बाणिज्य संघका गतिविधि/सेवाहरु


सप्तरी उद्योग बाणिज्य संघले स्थापना काल देखिनै विभिन्न व्यवसायिक तथा सामाजिक कार्यहरुमा अग्रसरता देखाउँदै आएको छ । संघले बाढी, आगलागी, हुरी बतास, शीतलहर जस्ता दैवी प्रकोप तथा आपतकालिन अवस्थामा सहयोग तथा उद्धार गर्ने कार्यलाई निरन्तरता दिदै गरेको छ । हाल संघले दैवी प्रकोप कोष स्थापना गरी अग्नीपीडित, बाढी पीडित शीतलहर पीडित घरपरिवारलाई आवश्यक परेको बेला राहत सहयोग उपलब्द्ध गराउँदै आएको छ । यस बाहेक संघले निम्न अन्य महत्वपुर्ण सेवाहरु प्रदान गर्ने गरेको छ ।

  1. फर्म रजिष्ट्रेशन
  2. पान-भ्याट दर्ता सम्बन्धी सहयोग गर्ने गरेको,
  3. कर दाखिला एवं कर सम्बन्धी सहयोग,
  4. नेपाल सरकारद्दारा समय समयमा परिवर्तित करको खाका सम्बन्धी उद्योग व्यवसायीलाई जानकारी,
  5. सामाजिक उत्तरदायित्व निर्वाह,
  6. उद्योग व्यवसायीलाई उकास्न समय समयमा तालिम तथा गोष्ठी आयोजना,
  7. व्यवसायी र बैंकहरुका विचमा मध्यकर्ताको भूमिका निर्वाह,
  8. व्यवसायीहरु वीचको अन्र्तद्धन्द्धलाई साम्य पार्न सहजकर्ताको भूमिका खेलेको ।